
काठमाडौं । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न ओली समूहले गोहीको आँसु चुहाएको टिप्पणी गरेका छन् ।
पीडितहरुले लामो समयसम्म आन्दोलन गर्दा, पार्टीमा पटकपटक छलफल हुँदा र आफूले मन्त्रिपरिषद्मा तीन वर्षसम्म लगातार प्रयास गर्दासमेत प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तयार नभएको बताए ।
‘बादल’जीले ७५ प्रतिशत बढी घाइतेलाई उपलब्ध आइएको १२ हजार ४ सयबाट कटाएर ६ हजार २ सयमा झार्नुभयो । ६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतको पूरै सुविधा खोस्नुभयो, शनिबार सन्धीखर्कमा आयोजित नेकपा प्रचण्ड नेपाल पक्षको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पुनले भने, मैले धेरैपटक सहजीकरण गरें ।
नेता पुनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनताको अभिमतको अवहेलना गरेको भन्दै निर्वाचन आयोगले आफूहरुलाई चुनाव चिन्ह र दलको आधिकारिकता तथा अदालतले संसद पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरे ।
ओलीसँगै केही मानिस पार्टीबाट बाहिरीएको भन्दै केन्द्रीय समितिका ४ सय ४१ मध्ये तीन सयभन्दा बढीको समर्थन प्राप्त प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपा मुलधार भएको दाबी गरे ।
नयाँ दल दर्ताका लागि केन्द्रीय समितिको ४० प्रतिशन आवश्यक पर्ने प्रावधान निर्वाचन ऐनमा रहेको चर्चा ४० प्रतिशत नपुग्ने भएकाले ओली दलविहीन बन्ने दाबी गरे । निर्वाचन आयोगले केपी ओलीको १५ सय १ जनालाई खारेज गरेको छ ।





