ओलीको तानाशाह प्रवृतिका कारण देश अस्थिरतातर्फ : गोपाल किराँती



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमले देशलाई गृहयुद्धतर्फ धकेलेको बताए । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै किराँतीले भने, ओलीको कदमका विरुद्ध सबै नेपाली एक जुट हुने बेला आएको छ ।

विराटनगरमा शनिबार आयोजित मजदुर किसान सुकुमबासी जागरण अभियानमा कार्यक्रममा बोल्दै किराँतीले ओलीको तानाशाह प्रवृतिका कारण देशलाई अस्थिरतातर्फ धकेलेको बताए । माओवादीका तीन जना नेताले ओलीलाई महाराज बनाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्