‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले मागे माफी



काठमाडौं । खानेपानी मन्त्री मणि थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा आफूले ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेपाल सरकार भन्नुपर्नेमा ‘श्री ५ को सरकार’ शब्द प्रयोग गरेका थिए ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा शब्द प्रगोग हुन गएको भन्दै माफी मागेका हुन् ।

उनले भनेका छन्, शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएका यहाँहरु जानकार नै हुनुहुन्छ ।

आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुने दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।

मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन भएकोमा क्षमा चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्