निदाइरहेका श्रीमानलाई अनलाइन कपडा बेच्नको लागि श्रीमतीले बनाइदिइन् मोडल, तस्बिरले सामाजिक सञ्जालमा मच्चायो तहल्का…



यतिबेला सामाजिक सञ्जालमा एक तस्बिर निकै नै भाइरल भैरहेको । जहाँ एकजना व्यक्ति महिलाको कपडा लगाएर निदाइरहेका छन् । वास्तवमा उक्त तस्बिर उनीमाथि बिछ्याइएको मात्र थियो, उनले लगाएका थिएनन् । तर हेर्दा भने उनले लगाएको जस्तै देखिएको थियो ।

यस्तो अतरङ्गी क्रियाकलाप उनकी श्रीमतीले गरेकी थिइन् । यो घटना फिलिपिन्सको हो । फिलिपिन्सकी एक महिला अनलाइन बुटिक चलाउँछिन् । उनले यसैबिच आफ्ना कपडा मार्केटमा पुर्याउनको लागि आफ्ना निदाइरहेका श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गरिदिइन् ।

जोसेलिन मे ज्याजरेना क्याडेले जब आफ्ना श्रीमानलाई उत्तानो परेर सुतिरहेको देखिन् तब उनले श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गर्नेबारे सोचिन् । त्यसैले उनले सुतिरहेका श्रीमानको जिउमा स्कर्ट, टप, जिन्स र महिलाका विभिन्न परिहन राखिदिएर फोटो खिचिन् । उनले श्रीमानको तस्बिर आफ्नो पसलको फेसबुक पेजमा सेयर गरिन् तब यो मामिला भाइरल भयो ।

प्रतिक्रिया दिनुहोस्