‘प्रचण्ड देशको लागि अभिसाफ हुन्’ : केन्द्रीय सदस्य कमल दाहाल



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली काठमाडौँ सम्पर्क मञ्चद्धारा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य कमल दाहालले प्रचण्ड देशको लागि अभिसाफ भएको बताएका छन् ।

ऋषि देवकोटाबाट पार्टी सदस्य लिई कम्युनिष्ट सदस्य बनेको बताउँदै ३ दशकभन्दा बढी प्रचण्डलाई साथ दिदाँ समेत उनीबाट देश र जनताको लागि केही नहुने बुझेपछि राष्ट्रवादी नेता केपी शर्मा ओली विचार समूहमा आबद्ध भएको बताए ।

नेता दाहालले नेकपा एमालेमा पूर्वप्रधानमन्त्री माधव नेपालले पछि गल्ती गरे भनी पार्टीमा फर्कन सक्ने बताउँदै प्रचण्डले बाटो समेत नराखेको ठोकुवा गरे । प्रमुख अतिथिको रुपमा आएका नेता दाहालले माघ ३ गते वृहत भेलाद्धारा नारायण सुनुवारको अध्यक्षतामा पुर्नगठित सम्पर्क मञ्चको १२५ सदस्य कमिटीलाई सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठ, नेकपा बागमती प्रदेश सम्पर्क समन्वय कमिटी सचिव रण कुमारी मगर, सचिवालय सदस्य ध्रुव कुमार श्रेष्ठ, सदस्यहरु– उदय बहादुर सुनुवार, धन बहादुर पुलामी, कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटा, साहित्यकार भोला बराल, दिल पौडेल, सम्पर्क मञ्चका सल्लाहकार मोदनाथ काफ्ले लगायत नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस् ।

नेकपा सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा नारायण सुनुवार (१०१ सदस्यको नामावली सहित)

प्रतिक्रिया दिनुहोस्