नेकपा बूढानीलकण्ठको अध्यक्षमा प्रदिप डंगोल, १३ वटै वडा कमिटीका अध्यक्षहरुको नामावली



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठ नगर कमिटीको अध्यक्षमा प्रदिप डंगोल चयन भएका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले नेकपा बूढानीलकण्ठ नगर कमिटीको माघ १६ गते बसेको बैठकको निर्णय अनुसार छानिएका वडा तथा नगर कमिटीका पदाधिकारीहरुलाई माघ १७ गते वडा नं १३ चुनिखेलस्थित सार पार्टी प्यालेसमा सपथ गराएसँगै डंगोल नगर कमिटीका अध्यक्ष बनेका हुन् ।

पुर्नगठित नेकपा बूढानीलकण्ठ नगर कमिटीका वडाध्यक्षहरु :

वडा नं १ : हरि भारती
वडा नं २ : राजेन्द्र श्रेष्ठ
वडा नं ३ : गणेश कुँवर
वडा नं ४ : कमला पन्त
वडा नं ५ : नारायण दुलाल
वडा नं ६ : प्रशान्त डंगोल
वडा नं ७ : मंगलदास महर्जन
वडा नं ८ : बिनोद थापा
वडा नं ९ : दिलिप थिंग
वडा नं १० : जगत प्रसाद निरौला
वडा नं ११ : कृष्ण भट्टराई
वडा नं १२ : शंकर भट्टराई
वडा नं १३ : टिकेस नारायण श्रेष्ठ

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई , नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं सह इन्चार्ज नारायण सिलवाल, नेकपा केन्द्रीय सदस्य उद्दव खरेलले सम्बोधन गरेका थिए भने नेकपा केन्द्रीय सदस्य सुन्दर पुर्कुटी, दिपक निरौला, बूढानीलकण्ठ नगर उपप्रमुख रमादेवी राई, जिल्ला सचिवालय सदस्य संगम गहतराज, विदुर विक्रम खड्का, मिठाराम अधिकारी, नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभाग सचिव ध्रुव प्रसाद घिमिरे, जिल्ला सदस्य अनिता लामा, लक्ष्मी संग्रौला लगायत अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्