
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चितवनमा छन् । आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीनजना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर टुकुटुक लौरो टेकेर हिडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । उनको व्यङ्ग्य प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको लागि हो भनेर छुट्याउन खासै गाह्रो छैन । ओलीको प्रतिगामी कदमको विरोधमा प्रचण्ड–नेपाल समूहले देशभर अभियान सञ्चालन गरिरहेको बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री अोलीले भने, उहाँहरुको उद्येश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो । तर पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय उहाँँहरुमा छ ।
उनले मेयर रेणु दाहाललाई पनि छोडेनन् । उनले रेणु कार्यक्रममा नआएर पिकनिक खान गएको भन्दै आक्रोश पाख्न भ्याए । कार्यक्रममा नआएर पिकनिक खान गएको भन्दै आक्रोश पोखे ।





