‘संसद बैठक बसेर केपी ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ’ : पुष्पकमल दाहाल(प्रचण्ड)



हाल धनगढीमा रहेका नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यष पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताएका छन् । सर्वोच्च अदालतमा मुद्धा हुँदैनथ्यो भने आफूहरुसँग संसद बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत रहेको बताए ।

आफूपक्षीयसहित काँग्रेस र जसपाका गरीदुई तिहाइ सांसद ओलीको प्रतिगमनको विपक्षमा रहेको भन्दै प्रचण्डले ओलीको सनकको भरमा प्रतिनिधिसभा विघटन हुन नसक्ने बताए ।

ओलीले संविधानमाथि कुल्चिनु भनेको जनताको सार्वभौम अधिकारमाथि कुल्चिनु पनि हो भन्दै प्रचण्डले उनी तानाशाहको उदाहरण भएको टिप्पणी गरे । तर उनलाई प्रतिगमनको यात्रालाई परास्त गरेरै छाड्ने प्रच्ण्डले उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस्