काठमाडौँमा ६५ रुपैयाँमा खाना खान पाइने रेस्टुरेन्ट खुल्यो



केहीसमयदेखि काठमाडौँमा निशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले अन्य रेष्टुरेन्टको तुलनामा निकै सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

यो टिमले कोरोनाका कारण लकडाउन भएपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको थियो । अहिले भने काठमाडौँको अनामनगरमा यस टिमले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । यसले आर्थिक समस्या हुनेहरुलाई धेरै हदसम्म मदत गर्नेछ ।

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्