प्रचण्डले भने– ‘पार्टीमा मात्र होइन, केपी ओली सडकमा पनि एक तिहाइ’



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आफूहरुलाई जनताको निकै राम्रो साथ मिलिरहेको दाबी गरेका छन् । आज धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले पार्टीमा ओलीको पक्षमा एक तिहाइ मात्रै रहेको र सकडमा पनि त्यहि अवस्था भएको बताएका छन् ।

‘केपी ओलीको केन्द्रीय समितिमा एक तिहाइ पनि पुगेको छैन । स्थायी समितिमा पनि एक तिहाइ छैन। उहाँले घमण्ड गर्नहुन्थ्यो, सडकमा मेरो पक्षमा छन् भनेर फुर्ती गर्नुहुन्थ्यो’, प्रचण्डले भने, ‘धनगढीमा उहाँ सहभागी कार्यक्रममा भएको जनसहभागितालाई लिएर फुर्ती लगाउनु भएको थियो तर आजको विशाल सहभागिताले उहाँको घमण्डलाई चुरचुर बनाइदिनु भयो ।’

प्रतिक्रिया दिनुहोस्