धनगढीमा ओलीलाई बेवास्ता गरेका मुख्यमन्त्री र मन्त्री प्रचण्ड–नेपालको स्वागतको लागि विमानस्थल नै पुगे



आफूनिकट सुदूरपश्चिम प्रदेश कमिटीद्धारा आयोजित विरोधसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रचण्ड–नेपालको स्वागतमा मुख्यमन्त्री त्रिलोचन भट्ट र मन्त्रीहरु धनगढी विमानस्थल पुगेका छन् । उनीहरुले प्रचण्ड र नेपालको निकै भव्य तरिकाले स्वागत गरेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेकपा प्रचण्ड(नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भव्य स्वागत गरेका छन् ।

उनले शुक्रबार नेपाललाई र शनिबार बिहान प्रचण्डलाई धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । अध्यक्षद्वयको स्वागतमा मुख्यमन्त्री र मन्त्रीका साथै प्रदेश इन्चार्ज भीम रावललगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

यसअघि गत पुस २४ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोली पनि आफू नेतृत्वको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आमसभालाई सम्बोधन गर्न धनगढी जाँदा उनको स्वागतमा प्रदेश सरकारको सहभागिता शून्य थियो ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरी कोही पनि ओलीको स्वागतमा धनगढी विमानस्थल भएका थिएनन् ।

प्रदेश प्रमुख शर्मिला पन्तबाहेक मुख्यमन्त्री र मन्त्रीहरूले ओलीको स्वागत गरेका थिएनन् । तर संघीय चार मन्त्री वाणिज्य अथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेम आले मगर, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी ओलीको स्वागतका लागि धनगढी विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्