ओली चितवन जाने भएपछि प्रचण्ड–नेपाल समूह ओलीको विरोधमा सडकमा उत्रिए, सुरक्षाव्यवस्था कडा बनाइयो



ओली चितवन जाने भएपछि प्रचण्ड–नेपाल पक्षद्वारा प्रदर्शन, सुरक्षाव्यवस्था कडा बनाइयो

प्रधानमन्न्त्री केपी शर्मा ओली भरतपुर जाने भएपछि त्यहाँ सुरक्षाव्यवस्था कडा पारिएको छ । भरतपुरका मुख्य सडकहरुमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले आज दिउँसो भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्ने कार्यक्रम राखिएको छ । यस्तै उनले त्यहाँ सम्बोधन समेत गर्नेछन् ।

यसैबिच आजै ओलीको विरोधमा प्रचण्ड–माधव समूहले भरतपुरका मुख्य सडकमा पर्चा र टायर बालेका छन् ।

महानगरपालिकाको पहलमा सुरु भएको सिटीहललगायत ओलीले शिलान्यास गर्न खोजिएको भन्दै महानगर र नेकपा चितवनले विरोध गरेको छ । महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

चितवन प्रचण्डको घर हो । त्यसैले त्यहाँ प्रचण्डका समर्थक बढी देखिनु स्वभाविकै हो ।

प्रतिक्रिया दिनुहोस्