
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनस्र्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन र मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरु र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो ।
वृहत जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले जानकारी दिए । संघर्षका कार्यक्रम र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।





