ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन हो : भानुभक्त ढकाल



काठमाडौं । नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री भानुभक्त ढकालले संसद पुनस्र्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताए । अफ्ठ्यारो परिस्थितिबाट ताजा जनादेशमा जानु अग्रगमन हो, उनले भने संसद पुनस्र्थापनाको माग राख्नु चाहिँ प्रतिगमन हो ।

पर्यटन मन्त्रालयमा अघिल्ला मन्त्री योगेश भट्टराईले ल्याएका राम्रा कार्यक्रमलाई भने निरन्तरता दिने उनले बताए । उनले पर्यटक आगमन सहज बनाउने गरी थप निर्णयको तयारी भइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्