
काठमाडौं । राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीलाई संसद फोबिया भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनमा परेको रिटउपर सर्वोच्चमा जारी सुनुवाइका क्रममा शुक्रबार बहस गर्दा बिडारीले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राज्यविरुद्धको अपराध गरेको भन्दै प्रधानमन्त्रीलाई अहिले कारबाही नगरे अरु प्रधानमन्त्रीले पनि त्यसै गर्ने तर्क उनले गरे । उनले संसदलाई आए आँप गए झटारो बनाउन खोजेको पनि बताए ।
हामीले कस्तो प्रधानमन्त्री बनाइएको रहेछ, जो संसदसँग तर्सिरहन्छन्, उनले भने हाम्रो प्रधानमन्त्रीलाई पार्लियामेन्ट फोबिया भएको छ । प्रतिनिधिसभा विघटन त गर्नुभो गर्नुभो, राष्ट्रिय सभा पनि तीन दिनमै स्थगित गर्दिनु भो ।
प्रधानमन्त्रीले आफ्नो दलभित्र किचकिच भएको भन्दै संसद विघटन गरेको आरोप लगाए ।





