
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन र सभा गर्न लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ । शुक्रबार दिउँसो १ बजे प्रदर्शनसहित शान्ति बाटिकामा कांग्रेसले सभा गर्न लागेको छ ।
सभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरु गगन थापा, पुष्पा भुसाल, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिन हमागाईं, भीमसेनदास प्रधान, सबुजकृष्ण बानियाँलगायतले बोल्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन गरेकोले उक्त कदम सच्चिनुपर्ने कांग्रेस नेताहरुले बताउँदै आएका छन् । प्रतिनिधि सभा विघटन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।





