
काठमाडौं । प्रतिगमनविरुद्ध प्रचण्ड–माधव नेपाल समूहले विराटनगरमा विरोधसभा गर्ने भएको छ ।
शुक्रबार जनआन्दोलन चोकमा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराईलगायतले सम्बोधन गर्दैछन् ।
प्रदेश नम्बर १ कमिटीको आयोजनामा हुन लागेको विरोध कार्यक्रममा ५० हजार जनशक्ति उतार्ने दाबी प्रचण्ड नेपाल समूहको छ ।
विरोधसभामा सहभागी हुन वरिष्ठ नेता नेपाल र खनाल बिहीबार साँझ नै विराटनगर पुगेका छन् । प्रचण्ड लगायत नेताहरु भने अहिले विराटनगर जाँदैछन् ।





