
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले आगामी वैशाखमा हुने चुनाव कसैले नसोचेको तरिकाले हुने बताएकी छन् ।
अखिल नेपाल महिला सङ्घ काभ्रे जिल्ला कमिटीको बिहीबार बनेपामा भएको जिल्लास्तरीय बैठक तथा भेला कार्यक्रमलाई सम्बोधन गदै उनले महिला भोट बैंक भएकाले त्यसलाई निष्कलङ्करुपमा पार्टीलाई बहुमत ल्याउने तरिकाले लाग्न आगह गरेकी छन् ।
उनले पार्टीभित्र पनि प्रतिस्पर्धा हुने भएकाले महिला मुक्ति र अधिकार स्थापित गर्नको लागि महिलाले अब इतिहासको गाथा गाएर मात्रै नहुने भएकाले क्षमता प्रदर्शन गरेर प्रतिस्पर्धामा उत्रनका लागि आफैै सक्षम हुन आवश्यक रहेकोमा जोड दिइन् ।





