
काठमाडौं । निर्वाचन आयोगले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहसँग छलफल गर्न लागेको छ ।
आयोगले बिहीबार नेकपाका ओली र प्रचण्ड-नेपाल समूहलाई छलफलका लागि बोलाएको थियो ।
शुक्रबार बिहान साढे ११ बजे नेकपा पक्षका नेताहरु र प्रचण्ड-नेपाल पक्षका नेताहरुसँग आयोगले छलफल गर्न लागेको हो ।
अध्यक्ष वा अध्यक्षले पठाएका पाँच/पाँच जना प्रतिनिधिसँग आयोगले छलफल गर्दैछ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषय’ मा आज छलफल गर्न लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा अोलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी दुई समूह क्रियाशीलि छ ।
यी दुबै पक्षले आफुहरु नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन ।





