सरकारलाई काम गर्नै दिएनन् त्यसैले प्रतिनिधिसभा विघटन गरिदिएँ : केपी अ‍ोली



काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले कमजोर सोचेमा त्यो भ्रम हुने बताएका छन् । आफ्नो समूहका ट्रेड युनियन महासंघले राष्ट्रियसभामा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एक दुई पटक किड्नी अपरेशन गरेपनि कमजोर नरहेको बताए ।

ओलीले भने, नयाँ दुई वटासहित चार किड्नी बोकेर हिड्दैमा कसैले कमजोरी ठान्यो भने भ्रम हुनेछ । पार्टी एकता गर्दा नै केपी अ‍ोली मरिहाल्छ भनेर गरिएको उनले बताए ।

ओलीले सरकारलाई काम गर्नै नदिएकाले प्रतिनिधिसभा विघटन गरिदिएको बताए । प्रतिनिधिसभा विघटन गरे । सरकारलाई कामै गर्न नदिने । अहिले स्थायीत्वको कुरा गरेर हुँदैन, ओलीले भने ।

आफ्नो दुई तिहाइको सरकार नढाली नहुने । अघिल्लो पटक मेरो सरकार ढाल्नेहरुबारे भनिरहनु परेन । प्रचण्ड त अर्कै पार्टीमा थिए । तर, उनकालाई उकास्नेहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ओलीले भने ।

विभाजन अगाडि भने जनतामा जानका लागि बोल्ने शब्द नरहने, पार्टी गतिशील नहुने अवस्था रहेको पनि उनले सम्झे । तर अब चुनावमै जाँदा पनि प्रचण्डले लड्ने ठाउँ नै नरहेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्