‘ओलीको निरंकुशता केही महिनाभित्र चुड्कीको भरमा ध्वस्त पार्छौं’ : प्रचण्ड



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् ।

ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै प्रचण्डले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहले बुटवलमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले घुमाउरो भाषामा अदालतले नगरे जनताको अदालतले गर्ने बताए ।

‘ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुने छ,’ केही महिनाभित्र प्रचण्डले भने, संसद पुनस्र्थापना हुन्छ, अदालतप्रति विश्वास छ, तर सबभन्दा ठूलो अदालत जनता हो ।

ओलीले पार्टी एकता तोड्ने र संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाए । दुई वर्षभित्र आफ्नो पार्टी सरकारमा जाने र नयाँ नेपालको जग बसाल्ने प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्