ओली ‘निरङ्कुशताको प्रेत’का रुपमा खडा भए,पतन अब निश्चित छ : घनश्याम भुसाल



बुटवल । प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री केपी शर्मा ओली खडा भएको बताएका छन् । ओली पतन हुनेमा अब कुनै शंका नभएको उनले बताए ।

बिहीबार बुटवलमा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडी आएको बताए ।

आफूहरुसामू ओली कि नेपालको आफ्नै बाटोमा हिड्ने विकल्प रहेको भन्दै उनले भने, ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी हो ।

त्यसविरुद्ध आफूहरु खडा भएको भन्दै उनले ओलीको पतन निश्चित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्