प्रतिनिधिसभा विघटनले मुलुक द्धन्द्धतर्फ जाने खतरा बढ्यो : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनले मुलुक अस्थिरता, अन्धकार र द्धन्द्धतर्फ जाने खतरा बढेको बताएका छन् । अवधी पत्रकार संघ बाँके शाखाले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले त्यसबाट मुलुकले पार पाउन निकै लामो समय लाग्ने धारणा राखे । मुलुकको संविधानले संघीयता, समावेशिता लगायतलाई समेटेको भन्दै अध्यक्ष यादवले जनताका अधिकारलाई आफूहरुले कदापी गुम्न नदिने जिकिर गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलकिो सिफारिसमा भएको संसद विघटनको मुद्दा सर्वोच्चमा पुगेको स्मरण गराउँदै उनले भने, संविधानको संरक्षण गर्ने, ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै भएको हुनाले मलाई लाग्छ सर्वोच्चले विवेक पु¥याएर निर्णय गर्नेछ ।

संवैधानिक इजलासले वर्तमान संविधानको संरक्षण गर्ने यादवको विश्वास छ । संविधानको ब्यवस्था अनुसार नै ब्याख्या गर्नेछ भन्ने कुरामा मलाई चाही विश्वास छ, उनले थपे । असंवैधानिक कदम र प्रतिगमन खारेज गराउनका लागि लोकतन्त्रको पुनर्बहाली गर्न र ओलीलाई सिंहदरबारबाट निकाल्नुपर्ने एक मात्र विकल्प मुलुकमा रहेको उनले जोड दिए ।

प्रतिगमनलाई सच्याउन र यसलाई खारेज गर्नका लागि दुई वटा महत्वपूर्ण कुरा हुन जरुरी छ, एउटा संसदको पुनस्र्थापना र जुन विघटनको आदेश छ त्यसको खारेजी, उनले भने अर्को प्रधानमन्त्रीलाई लोकतान्त्रिक विधिबाट सत्ता च्युत गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्