निर्वाचन आयोगले नेकपाका दुबै पक्षलाई छलफलका लागि बोलायो



काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो ।

शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले पठाएको पत्रमा दलसम्बन्धी विवादबारे गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्