अवहेलनाविरुद्ध परेका सबै रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी



काठमाडौं । अदालतको अवहेलनाविरुद्ध परेका सबै रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

न्यायाधीश मनोज शर्माको इजलासमा सुनुवाइ भइरहेको हो । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा सर्वोच्चमा विचाराधिन रहेका बेला त्यसलाई प्रभाव पार्न खोजेको भन्दै प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई विपक्षी बनाएर रिट हालिएको थियो ।

अधिवक्ताद्धय भट्टराई र बस्नेतको बुधबार दर्ता भएको निवेदनमा चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर अदालतको अवहेलना गरेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्