मोरंग अटोवर्क्सबाट लिएको अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सकिने



काठमाडौं । मोरंग अटोवर्क्सबाट सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी खल्ती वालेटबाटै गर्न सक्ने भएका छन् । ग्राहकले खल्ती एपको इएमआइमा गएर मोरंग अटो वर्क्स (एमएडब्ल्यु) इन्भेष्टमेन्टमा किस्ता रकम, ग्राहकको नाम, ऋण शाखा, सवारी साधन नम्बरलगायतका विवरण भरेपछि बैंक खाताबाट सिधै खल्ती मार्फत रकम भुक्तानी गर्न सकिने छ । खल्तीले यस्तो सुविधा उपलब्ध गराएपछि मोरंग अटोवर्क्सबाट सवारी साधन किन्ने ग्राहकलाइ निकै सहज बनाएको छ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्