गोर्खा इको प्यानलद्धारा इन्जिनियरहरुलाई तालिम सुरु



काठमाडौ । आधुनिक निमार्ण सामाग्री कम्पनीको रुपमा रहेको गोर्खा इको प्यानलले बुधबारदेखि भक्तपुरका इन्जिनियर तथा प्राविधिकहरुलाई दुई दिने तालिम सुरु गरेको छ । आफनो निर्माण सामाग्रीबारे जानकारी दिने उद्देश्यले राष्ट्रिय पुननिर्माण प्राधीकरण केन्द्रिय आयोजना कार्यान्वयन एकाई (भबन) जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुर अन्तर्गतका इन्जिनियरहरुलाई भक्तपुरको सल्लाघारीस्थित कार्यालयकै भबनमा तालिम दिएको हो ।

पहिलो दिन बुधबार एकाई अन्तर्गत भक्तपुरको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका क्षेत्रमा कार्यरत इन्जिनियरहरु तथा प्राविधिकहरुलाई तालिम दिइयो । दोश्रो तथा अन्तिम दिन बिहीबार जिल्लाकै मध्यपुर थिमि नगरपालिका र चाँंगुनारायण नगरपालिका क्षेत्रमा कार्यरत इन्जिनियहरुलाई तालिम दिने जनाइयो ।

तालिम गोर्खा इको प्यानलका महाप्रबन्धक इन्जिनियर जीवन खाईतु र गोर्खा इको प्यनलका प्रोजेक्ट हेड इन्जिनियर कृष्णसुन्दर कुम्पाखले पुननिर्माणमा नयाँं प्रविधिबारे जानकारी गराए । साथै उनीहरुले गोर्खा इको प्यानलको विशेषताहरु त्था त्यसेको प्रयोगको प्राविधिक पक्षहरुबारे पनि सहभागीहरुलाई जानकारी गराएका थिए ।

दुईदिने तालिमपछि शुक्रबार तालिममा सहभागी इन्जिनियरहरु तथा प्राविधिकहरुलाई फ्याक्टी भ्रमणमा लाने जनाइएको छ । उनीहरुलाई त्यहाँं लगेर विभिन्न जानकारीहरु दिने जनाइएको छ ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले भूकम्पपछिको पुननिर्माणमा सहयोग गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरेको जनाए । अवका दिनमा पनि यस्ता तालिमहरुलाई निरन्तर अगाडि वढाउँंदै लाने सीईओ कवांले बताए ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री उत्पादन कम्पनी हो । भूकम्पप्रतिरोधी तथा हलुका हुनुलगायतका कारण यसको उत्पादन इको प्यानलको लोकप्रियता देशैभरि वढ्दो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्