सरकारले लिने कदम अनुसारकै प्रतिवाद गर्छौं : प्रचण्ड-नेपाल समूह



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले सरकारले लिने कदम अनुसारकै प्रतिवाद गर्ने तयारी गरेको छ ।

केन्द्रीय संघर्ष समितिको आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जुन तरिकाले आउँछन् आफूहरु पनि त्यही ढंगले जाने बताए ।

‘अहिले संकटकाल लगाउनेसम्मको चर्चा चलेको छ । त्यसैले हामीले पनि आवश्यक तयारी गर्न जरुरी छ, नेपालको भनाइ उद्दत गर्दै एक नेताले भने, प्रधानमन्त्री ओली जुन ढंगले आउँछन्, हामी पनि त्यसको प्रतिवाद गर्ने गरी अघि बढ्नुपर्छ ।’

निर्वाचन आयोगले ४ सय ४१ को सर्वोच्चतालाई स्वीकारे पनि त्यसको निर्णयलाई नस्वीकारेको उनको बताएका थिए । प्रक्रिया नमिलेको भनेर मात्रै आयोगले प्रश्न उठाएको उनको भनाइ थियो ।

अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ गते हुने जनप्रदर्शलनलाई व्यापक बनाउन निर्देशन दिएका थिए । उनले आफूहरु राजनीतिक र कानुनी दुवै संघर्षमा रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्