देशलाई कालो सुरुङमा हाल्ने केपी ओलीको प्रयासलाई विफल बनाउँछौं : प्रचण्ड



काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका छन् ।

पेरिसडाँडामा बिहीबार बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माघ २८ को जनप्रदर्शन निर्णायक हुने बताए ।

केपी ओलीले देशलाई कालो सुरुङमा हालेको प्रचण्डले आरोप लगाए । तर, ओलीको त्यो प्रयास विफल बनाउने प्रचण्डले बताए । जनता नै त्यस्तो निर्णायक शक्ति हो, आफैंले ल्याएको परिवर्तन जोगाउन जनता सक्षम छन्, प्रचण्डले भने ।

बैठकलाई अर्का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गरेका थिए । ओलीले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रणाली खारेज गर्न चाहिरहेको नेपालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्