लोकन्थलीमा पैदलयात्रुलाई ठक्कर दिएर सवारीसाधन फरार, मृतकको परिचय पनि खुलेन



काठमाडौं । लोकन्थलीबाट कोटेश्वर जाने लेनमा बुधबार मध्यराति एक जना मानिसलाई ठक्कर दिएर सवारीसाधन फरार भएको छ । ठक्करबाट घाइते भएका ती पुरुषको बुधबार मध्येराती नै मृत्यु भइसकेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यराति ठिमी नगरपालिका- १ स्थिति लोकन्थली मनहरा सडकखण्डमा अधवैंशे पुरुष घाइते अवस्थामा भेटिएका थिए ।

उनलाई मध्यपुर ठिमी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोटपटक थियो ।

परिसर प्रवक्ता दीपक गिरीका अनुसार ती अधवैंशे पुरुषको नाम, थर, ठेगाना केही पनि खुलेको छैन । उनीसँग परिचय खुल्ने केही कागजात र मोबाइलसमेत नभएको गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्