प्रचण्ड-माधव पक्षले आज बुटवलमा प्रदर्शन गर्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बिहीबार बुटवल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश स्तरीय विरोध कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु बुटवल आउने भएका छन् ।

प्रचण्ड नेपालले सम्बोधन गर्नु पूर्व बुटवलका तीन ठाउँबाट र्याली निकाल्ने तयारी छ । ११ः४५ बजे बुटवलको गोलपार्क, जितगढी र राजमार्ग चौराहाबाट विरोध र्याली गरिने प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्