नेकपा महानगर कमिटीले पूर्णता पायो, प्रधानमन्त्री ओलीले सामुहिक सपथ गराउने



प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगर तथा मातहत सबै वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई माघ १६ गते दिनको १ बजे राष्ट्रिय सभा गृहमा सपथ ग्रहण गराउने भएका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकताले ३ वर्षसम्म पूर्णता पाउन नसकेको महानगर कमिटीका सबै वडाहरुले भर्खरै पूर्णता पाएको छ । नेकपा केन्द्रिय सदस्य तथा महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका अनुसार महानगर भित्रका सबै वडाकमिटीका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले सामूहिक सपथ सहित भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीद्वारा माघ २३ गते काठमाडौंमा आयोजना गर्न लागिएको ऐतिहासिक जनसभालाई सहयोग पुर्‍याउन कमिटीको पूर्णतापछि सहज हुने अर्का केन्द्रिय सदस्य निर्मल कुइकेलले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माघ २३ गतेको निमन्त्रणा

प्रतिक्रिया दिनुहोस्