संसद विघटन नसोचेको घटना भयो : पूर्वराष्ट्रपति यादव



काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रतिनिधिसभा विघटनलाई नसोचेको घटना बताएका छन् । यादवले भने, यो नसोचेको घटना भएको छ । संसद विघटन संविधानको मर्म थिएन । म मात्र हैन सारा नेपाली स्तब्ध छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नै नहुने काम गरेको उनले बताए ।

प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले सामान्यरुपमा लिएर सदर गर्नु अर्को भुल भएको उनले बताए । संविधानको रक्षा गर्नु राष्ट्रपतिको कर्तव्य हो, उनले भने, उहाँले संसद विघटन किन आवश्यकता छ भनेर सोध्न पर्यो । संविधानविद, राजनीतिज्ञलाई राखेर परामर्श गर्नु पथ्र्यो तर त्यसो नगरी सदर गर्नु भयो ।

संसद विघटनको कदमले संविधान घाइते भएको उनले बताए । आफ्नो कार्यकालमा दलहरुसँग छलफल नगरी कुनै काम नगरेको उनले बताए । चर्चित कटवाल काण्डमा ४ पटकसम्म प्रधानमन्त्रीलाई यस्तो नगर्नुस् भनेर छलफल गरेको उनले खुलाए । रासस

प्रतिक्रिया दिनुहोस्