
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान तानाशाह भएको बताएका छन् । नागरिक समाजको आन्दोलनमा सम्बोधन गर्दै उनले उनलाई सडकको भाषा सुन्ने बनाउने बताए ।
सडककै भाषाले गर्दा अहिलेसम्मको परिवर्तन आए । तर, सडकको भाषा सुन्दैन भनेपछि उनी कतिसम्म तानाशाह होलान् त केसीले भने । केसीले अहिले सर्वोच्च अदालत नागरिकको निगरानीमा रहेको पनि बताए ।





