प्रचण्ड-माधव समूहद्धारा माइतीघरमा धर्ना



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले माइतीघर मण्डलमा धर्ना दिएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले संसद विघटनको विरोधमा बुधबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन दबाव दिने उद्देश्यले धर्ना बसेको बताइन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ छ ।

नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संसद विघटनको विरोधमा शनिबारबाहेक माघ २१ गतेसम्म प्रत्येक दिन २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको सो समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्