
काठमाडौं । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि बहस भइरहेको छ ।
बुधबार बहस गर्न आएका वरिष्ठ अधिवक्ता डा.युवराज संग्रौलाले संसद विघटन सदर भएमा प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुने बताएका छन् ।
संविधानमा २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने नजीर बस्ने बताएका हुन् ।
संसद पुनःस्र्थापना भएन भने प्रतिनिधिसभाको कार्यकाल लेख्न ५ वर्ष लेखे पनि २ वर्षको हुन्छ, संग्रौलाले भने । संसद विघटनलाई अदालतले सदर गरेमा यसपछिका प्रधानमन्त्रीहरुले पनि २ वर्षपछि संसद विघटन गर्ने उनको भनाइ थियो ।





