बामदेवले भने – राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एकता पक्षधरका संयोजक वामदेव गौतमको एकता अभियान घोषणा सुरु भएको छ । राजधानीमा बुधबार सुरु भएको अभियानलाई संयोजक गौतमले अहिले सम्बोधन गरिरहेका छन् ।

नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ?

गौतमले प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने जिकिर गरे ।

पार्टी एकता हुँदै भएन भने के गर्ने ? भन्ने पनि साथीहरुको जिज्ञासा छ, उनले भने हुँदै भएन भने त्यतिबेला हाम्रो केन्द्रीय कमिटी बसेर निर्णय गरौला ।

गौतमले ओली समूहका अध्यक्ष केपी शर्मा ओली बाहेक सबै पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आशंका भइरहेको भन्दै आफू दुवै समुहमा नलाग्ने घोषणा गरे । उनले पार्टी एकतामा नै जुट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्