
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरुद्ध खोप पाउने बताएका छन् ।
कोरोनाविरुद्ध खोप अभियानको आज शुभारम्भ आज गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने बताएका छन् ।
तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, उनले भने, कुनै भेदभावविना नै सबै नेपालीलाई निःशुल्क रुपमा खोप लगाइन्छ ।
प्रधानमन्त्री ओलीले भारत सरकारले दश लाख डोज खोप अनुदानमा दिएकोमा धन्यबाद दिएका छन् । थप खोप ल्याउनेबारे पनि पहल भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।





