‘देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेको छ’: बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेको बताएका छन् ।

यस्तो बेला कुन बाटो जाने भन्ने सबैले सोच्नुपर्ने भट्टराईको भनाइ छ । उनले अग्रगमनतर्फ जाँदा सुखद भविष्य भए पनि प्रतिगमनतर्फ जाँदा अन्त्यहीन द्धन्द्ध हुनेसमेत संकेत गरेका छन् ।

देश अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा छ । कुन बाटो जाने सबैले छातिमा हात राखेर सोचौं, बुधबार ट्वीट गर्दै भट्टराईले भनेका छन् । अग्रगमनको बाटो भनेको संसद पुनस्र्थापना हो ।

उनले प्रतिनिधि सभा पुनस्र्थापना भएमा सहमतिय सरकार गठन तथा सहमतिमै संविधान संशोधन, निर्वाचन, सुशासन र समृद्धिको बाटो भनेका छन् ।

यसो नभए पश्चगमनतर्फ जाने उनको भनाइ छ । संसद विघटन, चुनाव पनि नहुने, संकटकाल लाग्न सक्ने, संविधानकै खारेजी हुन सक्ने तथा आन्दोलन र विदेशी हस्तक्षेप हुने आँकलन भट्टराईको छ ।

यसो भए अन्त्यहीन द्धन्द्ध भइरहने भएकोले बेलैमा सोच्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्