कलंकित पिता : जसले आफ्नै दुई बर्षीया छोरीको डोरीले घाँटी थिचेर गरिदिए हत्या



अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् ।

शितगंगा २ झिर्रामा स्थानीय २४ बर्षीय सन्तोष घिमिरेले आफ्नी दुई बर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ ।

इलाका प्रहरी कार्यालय ठाटाको टोलीले हत्या अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ । केही समयदेखि श्रीमानसँगको विवादले उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् ।रासस

प्रतिक्रिया दिनुहोस्