प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले माघ ३० गते देशव्यापी प्रदर्शन गर्ने



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रमहरु गर्ने भएको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले माघ १९ गते, २४ गते र ३० गतेका लागि आन्दोलन कार्यक्रम तय गरेको छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले दिएको जानकारीअनुसार १९ गते भातृ संस्थाले, २४ गते शुभेच्छुक संगठनले आन्दोलनका कार्यक्रम गर्नेछन् । यस्तै माघ ३० गते देशका सबै जिल्लाका प्रदर्शन गर्ने तय भएको छ । यसअघि पनि कांग्रेसले देशव्यापी प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्