प्रचण्ड–माधव समूहले निकाल्यो सिठि जुलुस



काठमाडौं । संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपा प्रचण्ड–माधव समूहले मंगलबार सिठी जुलुस निकालेको छ । सोमबार घोषणा गरिएको तेस्रो चरणको आन्दोलन अन्तर्गत उक्त समूहले मंगलबार सिठी जुलुस निकालेको हो ।

लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको छ । यो समूहले माघ २८ मा फेरि अर्को जनप्रदर्शनमा गर्ने घोषणा गरेको छ । यसअघि माघ ९ मा पनि यो समूहको राजधानीमा जनप्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्