अलोकतान्त्रिक कदमलाई सच्याउन संसद पुनः स्थापना गर्नुपर्छ : योगेश भट्टराई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले आगामी फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन् । मंगलबार ताप्लेजुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको जिकिर गरे ।

न्यायालयले संविधानमा टेकेर फैसला गर्ने उल्लेख गर्दै उनले फागुनमा संसद् पुनःस्थापना हुने जिकिर गरे । संसद् पुनःस्थापना गर्नुको अर्को विकल्प छैन । उनले भने, न्यायालयले संविधानलाई टेकेर नै फैसला गर्नेछ । फागुनमा संसद पुनःस्थापना हुन्छ ।

सम्बोधनका क्रममा उनले संसद् पुनःस्थापना गरेर संविधानलाई बचाउने अभियानमा साथ दिन कांग्रेसलाई पनि आग्रह गरेका थिए ।

सर्वसत्तावाद र अलोकतान्त्रिक कदमलाई सच्याउन संसद पुनःस्थापना गरेर संविधानलाई बचाएर अघि बढ्नुपर्छ । नत्र, देश ठूलो दुर्घटनामा फस्छ, उनले भने ।

उनले आफूलाई ओलीले मन्त्री बनाएको भएपनि असंवैधानिक कदममा साथ दिन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्