यी श्रीमती, जसले परस्त्रीसँगको अश्लील फोटो देखेपछि श्रीमानलाई छुरा हानिन्- तर फोटोमा आफू नै भएको थाहा पाइनन्



एक श्रीमतीले आफ्नो श्रीमानको अर्कै युवतीसँग आपत्तिजनक तस्बिर देखेपछि उनीमाथि छुरा प्रहार गरेकी छिन् । यो घटना मेक्सिकोको हो । मेक्सिकोकी एक महिलाले आफ्नो श्रीमानको मोबाइलमा अर्कै महिलासँग यौनकार्यमा संलग्न भएको तस्बिर भेटेकी थिइन् । तर उनले तस्बिरमा अरु कोही नभएर आफैँ भएको कुरा नै बिर्सिइन् । अहिले ती महिला पक्राउ परिसकेकी छिन् ।

श्रीमानलाई वास्तविकता नै बताउने मौका नदिइ ती महिलाले तत्कालै चक्कु प्रहार गर्न थालेकी थिइन् । श्रीमानले जसोतसो संघर्ष गरेर उनकी श्रीमतीको हातबाट चक्कु खोस्न सफल भए र श्रीमतीलाई उक्त तस्बिर आफूहरुको विवाहभन्दा अगाडी डेटिङ जादाँखेरिको भएको बताए ।

श्रीमानको शरीरमा निकै चोट लागेको छ । श्रीमती भने हाल हिरासतमा छिन् । छिमेकीहरुले उनीहरुको घरभित्र चिच्याएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्