शम्भु थापाको सर्वोच्चमा बहस : सरकार चलाउने मन नभए राजीनामा दिने हो, संसद् विघटन गर्ने होइन



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार चलाउन मन नभए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चमा विचाराधीन प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा मंगलबार बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले सरकार चलाउन मन नभए राजीनामा दिनसक्ने तर असंवैधानिक तवरबाट संसद् विघटन गर्न नसक्ने बताए ।

उनले प्रधानमन्त्री ओलीले संविधान ऐन कानुनअन्तर्गत रहेर पोलिटिक्स गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्रीले संसद मारेको तर्क दोहो¥याए । यसअघि सोमबार पनि थापाले प्रधानमन्त्रीले संसद मारेको बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चलाई दिएको लिखित जवाफमा संवैधानिक आधार उल्लेख नगरिएको उनको भनाई छ । उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीले कुनैपनि दृष्टिकोणबाट संसद् विघटन गर्न नसक्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्