
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नागरिक आन्दोलनमाथि दमन गरेकोले क्षमा माग्नुपर्ने बताएका छन् ।
प्रहरीले सोमबार बालुवाटारमा नागरिक अगुवामाथि लाठीचार्ज र पानीका फोहरा हानेको थियो । केही मानिस घाइते भएका थिए ।
त्यसतर्फ संकेत गर्दै कोइरालाले मंगलबार बिहान गरेको ट्वीटमा भनेका छन् देशको माटो निधारमा लगाएर प्रतिगमन विरुद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भत्र्सना जति गरे पनि पुग्दैन ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै पशुपतिनाथ मन्दिरमा गरेको संकल्प पूजातर्फ संकेत गर्दै नागरिक आन्दोलनमाथि गरिएको त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मआलोचनाबाट नै भनेका छन् ।





