प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सुरु



काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा सभा विघटनविरुद्धको मुद्दामा कानुन व्यवसायीले मंगलबार पनि बहस सुरु गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन् । हिजोदेखि बहस थालेका थापाले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नै नसक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा बाहिर गएर प्रतिनिधि सभा विघटन गरेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्