विष्णु पौडेलले भने : लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्न नसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध नगर्ने बताए ।

निर्वाचन लोकतन्त्रको प्राण हो । कतिपयले निर्वाचनको औचित्यमा प्रश्न गरिरहेका छन् । तर, लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन, उनले भने ।

सम्बोधनका क्रममा उनले आगामी वैशाखका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि सिंगो मुलुकले आफूलाई तयार गर्नुपर्ने समेत बताएका थिए ।

अर्थमन्त्री समेत रहेका पौडेलले सरकार चुनावको तयारीमा लागेकाले सहयोग गर्न निजी क्षेत्रलाई आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्