‘प्रधानमन्त्रीको कदमलाई साथ दिन माघ २३ गते काठमाडौँका सडकमा ३ लाख जनता आउनेछन्’ : अध्यक्ष आनन्द पोखरेल (भिडियो सहित)




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटीद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष आनन्द पोखरेलले अराजकताको अन्त्य, भौगोलिक अखण्डता र संविधानको रक्षा गर्दै विकास र सम्बृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेशको पक्षमा जनतालाई सुसुचित गर्न आगामी माघ २३ गते काठमाडौँका सडकमा ३ लाखभन्दा बढी जनताहरु सडकमा आउने विश्वास व्यक्त गरेका छन् ।

वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनताको आकांक्षा र चाहानालाई मूर्र्त रुप दिन निरन्तर काम गर्दा समेत पार्टीभित्रैबाट असहयोग भएकोले प्रधानमन्त्रीले बाध्यतामा चुनावको लागि संसद विघटन गरेको बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले भने, “पार्टीभित्रका षड्यन्त्रकारीले जनअपेक्षा सम्बोधन गर्नु÷गराउनु भन्दा सरकार र पार्टीविरोधी गतिविधि गर्दै प्रधानमन्त्रीलाई घेराबन्दी गर्न र असफल बनाउन षड्यन्त्र गरिरहे । अराजनीतिक, पूर्वाग्रही कपटपूर्ण आरोपको पुलिन्दा बनाउन समय खर्चिए । पार्टी कब्जा गर्ने निहीत उद्देश्यका साथ पार्टी र प्रधानमन्त्रीलाई थाहा नै नदिई राष्ट्रपतिसमक्ष समावेदन गर्न प्रयत्न गर्नु, संसदीय दललाई छल्दै र संसद सचिवालयमा अवैध तरिकाबाट किर्ते हस्ताक्षर प्रयोग गरी अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयत्न गर्नेजस्ता घृणित कार्य पार्टीभित्रैबाट भएका कारण संसदीय मूल्य मान्यता कायम गर्न नयाँ जनादेशमा जाने उद्देश्यका साथ ५ पौष २०७७ का दिन संसद विघटन गरी २०७८ बैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषर्णा भएको छ ।”
राजनीतिक अस्थिरता रोक्न र जनभावनालाई मुखरित गर्न माघ २३ गते बागतमी प्रदेशभित्र बसोबास गर्ने लाखौँ नागरिक सडकमा आउने तयारी गरिएको जानकारी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्