मोबाइल चोरीको आरोपमा कुटपिट गरी हत्या, दुई जना पक्राउ



काठमाडौं । कर्तव्य गरि हत्या गरेको अभियोगमा पशुपति क्षेत्रबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा श्रीपुरका ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भई बालाजु बस्ने २४ वर्षीया अनु थापा छन् ।

रविकी श्रीमती ३६ वर्षीया बवितादेवी चौधरीको हत्या अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालले जनाएको छ ।

चार दिनअघिको घटनामा अनुले बबितालाई चोरी गर्र्ने अभियोगमा कुटपिट गरेकी थिइन् । सोही कुटपिटबाट घाइते भएकी बबिता आफू बस्ने पशुपतिनाथको राम मन्दिरमा बितिन् । उनको शनिबार नै मृत्यु भएको थियो ।

यो घटनापटि रबि र अनुले उनको शव अन्त्येष्टि गर्न खोजे । आइतबार मृत्यु भएकै ठाउँमा बबिताको शव जलाएको पाइएपछि दुवैलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्